भारतको मध्य प्रदेशस्थित इन्दौरका व्यापारी राजा रघुवंशीको हनीमुनका क्रममा श्रीमतीकै योजनामा हत्या गरिएको विषयले अहिले भारतीय मिडियामा ठूलो तहल्का मच्चाई रहेको छ।

यो घटनाले केवल एउटा हत्या मात्र नभई जटिल प्रेमकथा, धोखा र षड्यन्त्रको नमुनका रुपमा अगाडि आएको छ। गत मे महिनाबाट सुरु भएको छ। ११ मे २०२५ मा इन्दौरका २९ वर्षीय राजा रघुबंशी र कुशवाह नगरकी २५ वर्षीया सोनम कुशवाहको विवाह भयो। विवाह सामाजिक परम्परा अनुसार भएको थियो।

राजा रघुवंशी इन्दौरकै एक प्रतिष्ठित ट्रान्सपोर्ट व्यवसायी परिवारका सदस्य थिए भने सोनम कुशवाहा परिवारकी छोरी थिइन्। उनका पिता प्लाइवुड व्यापारमा संलग्न थिए। दुवै परिवारको सहमतिमा राजा र सोनमको विवाह सम्पन्न भयो। दुवै परिवार खुशी थिए।

तर, विवाहका कारण जो खुसी हुनु पर्ने थियो, ती ब्यक्ति खुसी रहन सकेनन्। अर्थात विवाहपछि सोनमको ब्यवहार परिवारमैत्री थिएन। उनी राजा र उनको परिवारसँग भन्दा पनि मोवाईलमै ब्यस्त रहन्थिन। सोनमले राजालाई आफनो छेउ पर्न समेत दिएकी थिईन। जसले उनी आफु त तनावमा थिईन नै पतिलाई पनि अकल्पनिय झट्का दिईरहेकी थिईन। जसले गर्दा राजा रघुबंशी भित्रभित्रै पिरोलिएका थिए।

विवाह भएको तीन दिनपछि राजा रघुवंशी र उनका परिवार अर्को विवाह समारोहमा गएका थिए। त्यही बेला राजाले परिवारसँग गुनासो गर्दै सोनम आफूसँग कुरा नगर्ने र लगातार मोबाइलमा व्यस्त रहने गरेको बताएका थिए। परिवारले त्यतिबेला ‘नयाँ सम्बन्धमा यस्तै हुन्छ, समयसँगै सबै ठीक हुन्छ’ भन्दै सम्झाए। परिवारकै सल्लाह अनुसार उनी सोनमका सवै कुरा मान्न तयार हुन्थे। उनीहरुका हरेक निर्णय सोनमले लिने र राजाले कुनै प्रश्न नगरी स्वीकृति दिने चलन थियो। आर्थिक रुपमा पनि सोनम हावी भईन।

यहीबीचमा उनीको हनिमुन जाने योजना बन्यो। जसका लागि स्थानको चयन भयो, मेघालय। योजना अनुसार उनी २२ मे मा मेघालयको चेरापूंजी पुगे। बस्नका लागि उनीहरू मन्हा होटलमा पुगे। तर, कोठा पाएन। त्यसपछि उनीहरुले होटल मालिकलाई ‘पछि आएर लान्छौं’ भन्दै आफना सामान राखिन दिन आग्रह गरे। होटल मालिकको स्विकृतिपछि त्यही सामान छोड्र उनीहरु हिँडे। होटलमा छोडिएको सामान, सीसीटीभी फुटेज र अन्य प्रमाण प्रहरीले बरामद गरेका छ।

यसैक्रममा २५ मेको दिनदेखि राजा र सोनम दुवै परिवारसँग सम्पर्कविहीन भए। उनीहरुको खोजी हुन थाल्यो। खोजतलासकै क्रममा २ जून २०२५ मा मेघालयको पूर्वी खासी हिल्स जिल्लामा रहेको वीसावडोंग झरनाको नजिकै करिब १५० फिट तल खाल्डोमा राजाको शव भेटियो।

शव क्षतविक्षत तथा रगतले लतपतिएको थियो। घटनास्थलमा धारिलो हतियार (चक्कु/दाउ) र रेनकोट समेत भेटियो। फरेन्सिक परीक्षणमा सोही चक्कुले प्रहार गरी राजाको हत्या गरिएको पुष्टि भएको छ। मृतकको पहिचान ‘राजा’ ट्याटु र स्मार्टवाचबाट भयो। खोजतलास गरिरहेको प्रहरी थप आश्चर्यमा प¥यो। राजाको शव भेटिएपनि सोनम अझै सम्पर्कविहिन थिईन। त्यसैले प्रहरीले उनको खोजी सुरु गर्यो।

मेघालय प्रहरीको खोजतलास तीव्र भएपछि सोनम पनि फेला परिन। उनी ९ जून २०२५ का दिन राजाको शव फेला परेको स्थानबाट करिब १ हजार ३ सय किलोमिटर टाढा उत्तर प्रदेशको गाजीपुर जिल्लास्थित पटना–गाजीपुर मुख्य सडक मार्गमा रहेको ढाबा (होटल) मा भेटिईन। सम्पर्कविहिन भएको १५ दिनपछि उनी रातको समयमा उक्त ढाबामा पुगेकी थिईन।

ढाबामा पुगेर उनले आफु अपहरणमा परेको र वेहोस बनाएर गहना लुटिएको भन्दै सहयोग मागेकी थिईन। त्यहाँबाट उनले आफ्ना दाइ गोविन्दलाई पनि फोन गरेर त्यही कथा सुनाईन। गोविन्दले ढाबा मालिक साहिललाई प्रहरीसँग सम्पर्क गर्न सुझाव दिए। साहिलकै सूचनाका आधारमा मेघालय प्रहरीले सोनमलाई पक्राउ गरेको छ।

उनलाई मेघालय प्रहरीले शिलङ्ग ल्याएर स्वास्थय परीक्षण गराई हिरासतमा राखेको छ।

घट्नाको मास्टरमाईण्ड नै सोनम
प्रहरीको अनुशन्धान अनुसार राजा रघुवंशीको हत्याको मास्टरमाईण्ड उनकै श्रीमती सोनम भएको खुलेको छ। प्रहरीका अनुसार सोमन विवाह पूर्व नै प्रेम सम्वन्धमा थिईन। बुबा देबी ंिसंहको प्लाईउड फैक्ट्रीमा काम गर्ने राज कुशवाहसँग उनको प्रेम सम्वन्ध थियो। यो सम्वन्धका बारेमा उनकी आमा जानकार थिईन। तर, उनीहरुको प्रेम सम्वन्ध परिवारलाई स्विकार थिएन।

त्यसैले राजसँगको सम्वन्धलाई लुकाएर परिवारले सोनमको विवाह राजासँग गरिदिने निर्णय लियो। तर, यो विवाहका लागि सोनम तयार थिईनन। उनले विवाहभन्दा एक दिन अघि आमालाई ‘जवर्जस्ती विवाह गराइयो भने नतिजा राम्रो हुँदैन’ भन्दै धम्की पनि दिएकी थिईन। यद्यपी, परिवारको करकापमा परेर उनले राजासँग विवाह गरिन। तर, उनको मन मस्तििस्कमा भने राज (प्रमी) नै थिए।

उनको च्याटमा ‘राजा मेरो नजिक आउँछ, मलाई त्यो मन पर्दैन’ लेखिएको प्रहरीले फेला पारेको छ। यतिमात्रै होईन, मोबाइल च्याटमा हत्या पूर्व बनाईएका योजना समेत फेला परेको प्रहरीको दावी छ। सोनमले विवाहको तीन दिनपछि नै प्रेमीसँग मिलेर राजाको हत्या गर्ने योजना बनाएको पाईएको छ।

विवाहको तीन दिनपछि नै उनले प्रेमीसँग मिलेर राजाको हत्या गर्ने योजना बनाईन। सोही योजना अनुसार पतिलाई हनिमुन जान तयार वनाईन। मेघालय भारतको एक दुर्गम राज्य हो, जहाँ प्रहरीको पहुँच ढिलो हुन्छ र कानुनी प्रक्रिया पनि अलि जटिल छ। यसैको फाईदा उठाउँदै उनले योजना तयार गरेकी थिइन्।

यता, प्रेमीमार्फत सुपारी किलर विशाल ठाकुर (विक्की), नितेश र अमन नामक व्यक्तिहरूलाई राजालाई मार्न सुपारी दिएकी थिइन्। सोनमका पिताले पनि केही आर्थिक सहयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। योजना अनुसार राजा र सोनम मेघालय पुगे। सुपारी किलर पनि अलग अलग बाटो हुँदै गुवाहाटी र त्यसपछि शिलङ्ग पुगेका थिए।

प्रहरीका अनुसार २३ मेमा पतिको हत्या हुँदा सोनम घटनास्थलमै थिइन्। सुपारी किलरले चक्कु प्रहार गर्दा चुपचाप हेरिरहिन। राजाको हत्यापछि उनीहरू छुट्टाछुट्टै बाटो भएर भागेका थिए। प्रहरीको अनुशन्धानमा सोनम भने २३ मईमा मेघालयबा पहले गुवाहाटी पुगिन। त्यहाँबाट ट्रेन चढेर इनदौर फर्किईन। २५ मईमा इनदौर पुगेकी उनी एक दिन राजसँगै भाडाको कोठामा वसेको खुलेको छ।

त्यसपछि राजले सोनमलाई उत्तर प्रदेशको फतेहपुर जिल्लास्थित गाजीपुर पठाउन कारको ब्यवस्था गरे। गाजीपुर राजको घर हो। सोनम कारण चढेर राजको घर जान हिँडिन। तर, कार चालकको गल्तीले उनी अर्कै गाजिपुर पुगिन। सोनमलाई प्रहरीले वाराणसी नजिकको गाजीपुरबाट पक्राउ गरेको हो।

सवै पक्राउ, राज र सोनम एकै थानामा
प्रहरीले घट्नामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सोनम, राज कुशवाहा र अन्य सुपारी किलरहरू प्रहरी हिरासतमा छन्। मेघालय प्रहरीले फरेन्सिक रिपोर्ट, च्याट म्यासेज, सीसीटीभी फुटेज लगायत सम्पूर्ण प्रमाणहरू संकलन गरिसकेको छ। सोधपुछमा सबैले अपराध स्वीकार गरिसकेका छन्।

प्रहरीले सोनम र राजलाई एउटै थानामा राखेर आमने–सामने गराएको छ। अदालतमा ठोस प्रमाण सहित मुद्दा दायर गर्ने प्रहरीको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय