अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशकै कान्छो सहसचिवका रुपमा चिनिएका काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले काठमाडौँको सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै उनीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ। उनी हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक छन्।

महानगरपालिकाका निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो।

परियार ०६९ सालमा नायब सुब्बाबाट निजामती सेवामा पाइला राखेका उनी त्यसपछि शाखा अधिकृतका रुपमा काम गरे । ७० सालदेखि ७८ सालसम्म शाखा अधिकृकै रुपमा कार्यरत उनी उपसचिव नभइ एकै पटक सहसचिवमा जम्प गर्न सफल अधिकृत हुन । अधिकृत भएकै ८ बर्षमै सहसचिव भएका परियार विरुद्ध अख्तियारले बुधबार भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

यस्तो छ आरोप पत्र

प्रेस विज्ञप्ति:- मिति २०८२।०२।२८ गते।
——————————————
काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तरगत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा काठमाडौ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण विभाग) प्रदीप परियार, बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निर्देशक (अधिकृत दशौं तह) रवीनमान श्रेष्ठ, निर्देशक (अधिकृत दशौं तह) शिवराज अधिकारी, निर्देशक (अधिकृत दशौं तह) बसन्त आचार्य, निर्देशक (अधिकृत दशौं तह) नमराज ढकाल, इन्जिनियर (अधिकृत छैठौं तह) जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक (अधिकृत सातौं) उत्तम दाहालसमेतको मिलेमतो तथा बदनियतमा काठमाडौं महानगरपालिकाको IBF no.06-27-80-81-NCBW-KMC (Sewer Construction Works at Samakhusi Corridor from Basundhara to Mhepi) ठेक्काको खरिद प्रक्रियाको बिभिन्न भूमिकामा संलग्न राष्ट्रसेवक समेतका प्रतिवादीहरुले काठमाडौ महानगरपालिकाका तत्कालीन पदाधिकारीहरु उपर ०७७।०७८ को IFB No. 33-185-077-78-NCBW-KMC, Construction of Teku Building at Teku, KMC-12 खरिद कार्यमा भएको भ्रष्टाचारको सम्वन्धमा विशेष अदालतमा मिति २०७८।०८।२९ गते मुद्दा नं. ०७८-CR-००३१ मा दायर भएको मुद्दामा निर्माण व्यवसायी समानान्तर सेवा प्रा.लि संलग्न भई महानगरपालिकाका तत्कालीन पदाधिकारीहरुलाई विशेष अदालत काठमाडौबाट कसुर कायम गरी सजाय गराउन भूमिका निर्वाह गरे गराएको, सोही ठेक्का IFB No. 33-185-077-78-NCBW-KMC, Construction of Teku Building at Teku, KMC-12 को खरिद कार्यसँग सम्वन्धित भुक्तानीको सम्बन्धमा उच्च अदालत पाटन, नेपाल मध्यस्थता परिषदसमेतमा काठमाडौ महानगरपालिका समेतलाई विपक्ष बनाई निवेदन दिएकोसमेत देखिएकोवाट सोही कार्यसमेतको कारण रिसईवी तथा बदनियत राखी काठमाडौ महानगरपालिकाको प्रस्तुत मुद्दासँग सम्वन्धित IBF No. 06-27-80-81-NCBW-KMC (Sewer Construction Works at Samakhusi Corridor from Basundhara to Mhepi) को ठेक्का निर्माण व्यवसायी समानान्तर सेवा प्रा.लि लाई नदिन/अयोग्य गर्नको लागि नै उक्त ठेक्कामा Pending litigation नहुने विषयलाई Pending litigation रहेको भनी बदनियत राखी अपव्याख्या गरी गराई मनसाय पूर्वक गलत मूल्याङ्कन प्रतिवेदन खडा गरी गराई सोही मूल्याङ्कनसमेतको आधारमा तल तालिका नं.१ बमोजिमको सरकारी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी तथा दुरुपयोग गरे गराएको देखिएको:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय