latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

अमेरिकाले एकैपटक ३७ जना नेपालीलाई निष्कासन गर्‍यो। तल्लो बाटो हुँदै अवैधरूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई ओम्नी एयरलायन्सको ‘ओवाई३१४६’ उडानबाट आइतबार काठमाडौं फर्काइएको हो।

नेपाल फर्काइनेमा ३२ जना पुरुष र ५ जना महिला छन्। स्रोतका अनुसार निष्कासनमा पर्नेमा घिसिङ, वली, पुर्जा, कुमाल, खत्री, मगर, खत्री, बुढाथोकी, परियार, केसी, बोहोरा, सुनार, शेर्पा र केसी थरका एक-एक जना रहेका छन्।

त्यस्तै घोसाई, पगामी, घर्ती, वली, भण्डारी, पुन, बुढाथोकी, रिजाल, कँडेल, रावत, लामिछाने, वली, राना मगर, बस्नेत र हमाल थरका एक-एक जना रहेका छन्। त्यस्तै राई, केसी, बस्नेत, केसी, बोहोरा, मगर र परियार थरका एक-एक जना रहेका छन्।

उनीहरू विभिन्न समयमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। केही नेपाली सीमा क्षेत्रबाटै पक्राउ परेका थिए भने केहीलाई लकीछिपी काम गरिरहेका स्थानबाट पक्राउ गरेका थिए।
अमेरिकाको आइस प्रहरीले(इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट) ती नेपालीहरूलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। पक्राउ पर्दा ३७ जनै नेपालीसँग पासपोर्टलगायतका महत्त्वपूर्ण कुनै कागजात नरहेको स्रोतले जानकारी दिएको छ। आइस प्रहरीले अमेरिकास्थित नेपाली दूतवाससँगको पहलमा पक्राउ परेका नेपालीहरूको ‘ट्राभल डकुमेन्ट’ बनाएर नेपाल फर्काएको थियो।

आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनीहरू एउटा बोराबाहेक रित्तै बाहिर निस्किएका थिए। उनीहरूल बोरा बोकेर बाहिरिँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल पनि बनेको थियो। नेपाल फर्काइएका सबै जना मानव तस्करको प्रलोभनमा परेर अमेरिका गएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
फर्काइएका अधिकांश व्यक्तिले कम्तीमा ५० लाख तिरेर अमेरिका गएको ब्युरोका प्रवक्ता नरेन्द्र कुँवर बताउँछन्। उनका अनुसार फर्किएका एक युवाले त १ करोड ४० लाख खर्चिर अमेरिका पुगेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। निष्कासित परेका नेपालीहरू दिनहुँजसो काठमाडौं आउने गरेका छन्। त्यसो त अमेरिकाले नै चार्टर्ड विमानमार्फत यसअघि पनि नेपालीहरूलाई फर्काएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय