latest
घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते उनको अनुहारको हड्डी भाँचिए ।कोशी अस्पतालमा उपचारत उनलाई गत जेठ ४ गते छिमेकीले अस्पताल भर्ना गरेका हुन् ।

गम्भीर घाईते भएकी अनुहारका हड्डीको शल्याक्रियापछि उनी क्रमशः स्वास्थ्यलाभ लिदैंछिन् ।

कोशि अस्पतालका डा. सुधीर श्रेष्ठका अनुसार उक्त महिलाको अनुहारको सबै हड्डि भाँचिएको अवस्थामा अस्पताल भर्ना गरिएको थियो । कोशि अस्पतालमा यस किसिमको शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर श्रेष्ठको भनाई छ । गम्भीर समस्या देखिएपछि शल्याक्रियामा डा. सुधीर श्रेष्ठ, डा.बन्धना खनाल, डा. बिवेक कुमार महत्तो, डा. जितेन्द्र मन्डल लगायतको समुह संलग्न भएको हो ।

घरेलु हिंसा पीडितका लागि ओसिएमसीले सहजीकरण गरेर निःशुल्क उपचार भईरहेको छ । डा. श्रेष्ठका अनुसार यस प्रकारको शल्यक्रिया निजी अस्पतालमा गर्दा लगभग ६ लाख खर्च हुन्छ तर कोशि अस्पतालमा भने २ लाखसम्ममा शल्यक्रिया सम्पन्न हुन्छ । घरेलु हिंसामा परेकी महिलाको ओसिएमसीको सहयोगमा निःशुल्क उपचार भईरहेको छ ।

कोशी अस्पताल ओसिएमसीमा कार्यरत अनिता राउतका अनुसार पीडित महिलाको परिवारमा दुई छोरा छन् । त्यहिपनि जेठो छोरा दशवर्षको मात्रै छन् । अहिले अस्पतालमा उनको साथमा १० वर्षका छोरा कुरुवाको रुपमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय