अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल अर्का ठुला व्यक्ति विरुद्ध भ्रष्टाचारको मुद्दा हाल्ने तयारी गरेको छ । अख्तियारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दाको तयारी गरेको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणमा भ्रष्टाचार भएको ठहर गरेपछि आयोगले आजै विशेष अदालतमा मुद्दा दर्ताको तयारी गरेको स्रोतको दाबी छ ।

संसदको सार्वजनिक लेखा समितिले अधिकारीलाई छानबिन गरी निलम्बन गर्न सरकारलाई जेठ पहिलो साता पत्र पठाएको थियो । लेखा समितिले विमानस्थलमा भएको अनियमितता छानबिनका लागि गठित उपसमितिले दिएको प्रतिवेदनबमोजिमको निर्णय कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

अख्तियारले उनीमाथि छुट्टै अनुसन्धान गर्दै आएको थियो । पोखरासँगै अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, प्राधिकरणको नयाँ केन्द्रीय कार्यालय भवन निर्माणमा अनियमितता भएको उजुरीपछि अधिकारीसँग पटक पटक बयान लिँदै कागजात मगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय