अनेरास्ववियुको जारी २४औं महाधिवेशनको अध्यक्ष पदमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका छन् ।

अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले दावी गरेका छन् ।


तर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ ।

अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् ।

प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी गरिएकाले प्रस्ताव प्रक्रिया पनि रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय