शनिबार , जेठ ३२, २०८२

पोखराको सडकममै हत्या गरिएका युवकको पहिचान खुलेको छ ।मृत्यु हुनेमा तनहुँको भीमाद निवासी २१ वर्षीय मनोज भुजेल रहेका छन् ।मृतक भुजेल पोखरा १४ मा बस्दै आएको र त्यहाँ नजिकै खहरेमा प्लटिङमा काम गर्दै आएका मजदुर हुन् ।

सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेललाई ह्यामर प्रयोग गरी हत्या गरिएको थियो । बिहान ५ बजे बीच पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको पोखरा १५ का वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।

यस्तै, घटनामा संलग्नलाई पनि कास्की प्रहरीले केही घण्टामै पक्राउ गर्न सफल भएको छ ।भुजेलको हत्यामा संलग्न नाबालकसहित दुई जना प्रकाउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

यद्यपि, कास्की प्रहरीले अौपचारिक जानकारी भने दिएको छैन । ‘दुई जना पक्राउ परेका छन् । हत्याको कारणबारे सोधपुछ जारी छ । अहिले यति मात्रै दिन मिल्ने कुरा भयो । केही समयपछि पत्रकारलाई जानकारी दिनेछौँ ।’ – कास्कीका प्रहरी श्रोतले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय