latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

नेपालमा पहिलो पटक शल्यक्रिया गर्दै चिकित्सकको टिमले जनकपुरका २५ वर्षीय ‘ट्रान्सजेन्डर’को पुरुष यौनाङ्ंगलाई महिला यौनाङ्गमा परिवर्तन गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागको टिमले ६ घण्टाको मेहनतपछि लिङ्ग परिवर्तन गर्ने सफल शल्यक्रिया सम्पन्न गरेको हो।

जेठ १२ देखि १५ सम्म चार दिनको उपचार प्रक्रियामा ती ट्रान्सजेन्डर व्यक्तिको अनुहार तथा स्तनका विभिन्न ‘जेन्डर एफर्मिङ सर्जरी’सफलतापूर्वक सम्पन्न गरेको अस्पतालका प्रवक्ता तथा सह प्रा.डा. गोपाल सेढाइले जानकारी दिए।

शल्यक्रिया गरी लिङ्ग परिवर्तन गरिएका ती २५ बर्षिया व्यक्तिमा ‘पुरुष’ लिङ्गको तन्तुहरूलाई आवश्यक मात्रामा उपयोग गरेर महिलाको जनेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको अस्पतालले जनाएको छ। जसले गर्दा ती व्यक्तिमा आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको शल्यक्रियामा संलग्न चिकित्सकले जानकारी दिए।

विदेशी प्लास्टिक सर्जन डा. एलीरेजा हमिदियन जारोमीको नेतृत्व र शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागका प्रमुख प्रा.डा. जयन मान श्रेष्ठको संयोजकत्वको चिकित्सकको टिमले सो शल्यक्रिया गरेर लिङ्ग परिवर्तन गरिएको प्रवक्ता डा. सेढाइले जानकारी दिए।

सो शल्यक्रियाको टिममा प्लास्टिक सर्जरी विभागका सर्जन चिकित्सकहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला थिए। त्यसैगरी रेजिडेन्ट चिकित्सकहरू डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. इसा, डा. अस्बिनको सहभागी थिए।

एनेस्थेसियोलोजिष्टका रूपमा डा. मेघा कोइराला र डा. पङ्कज जोशीको टिम थियो। त्यसैगरी यो शल्यक्रियाको सफलतामा नर्सिङ स्टाफलगायतको सक्रिय भूमिका रहेको भन्दै उपचारमा खटिएको टिमलाई विभागीय प्रमुख डा. श्रेष्ठले धन्यवाद दिए।

शिक्षण अस्पतालमा ‘जेण्डर एफर्र्मिङ क्लिनिक’ स्थापना गरेर नियमित रूपमा यस्तो शल्यक्रिया सुचारु गर्दै जाने समेत उनले बताए। लिङ्ग परिवर्तन गर्ने यस किसिमको शल्यक्रिया ‘ट्रान्सजेन्डर’का लागि आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्ने महत्त्वपूर्ण उपायहरूमध्ये एक भएको डा. श्रेष्ठको भनाई छ।

धेरै ‘ट्रान्सजेन्डरहरु’ले यस्तो किसिमको शल्यक्रिया गर्नुपर्ने जरुरी नठान्ने गरेको समेत उनले सुनाए। तर, केही ‘ट्रान्सजेन्डर’हरुले भने शल्यक्रिया गरी लिङ्ग परिवर्तन गरेपछि ‘आफूले सम्पूर्ण रूपमा’ परिवर्तित लैङ्गिक पहिचान पाएको महसुस गर्ने गरेको डा. श्रेष्ठले बताए।

चिकित्सकका अनुसार हालसम्म लिङ्ग परिवर्तन गर्ने शल्यक्रियाका लागि विदेशमा जानुपर्ने बाध्यता भएको र धेरै खर्चिलो पनि हुने गरेको छ। तर, नेपालमा भने यस्तो सर्जरी निक्कै कम खर्चमा गर्न सकिने अस्पतालले जनाएको छ।

नेपालमा नै लिङ्ग परिवर्तन गर्ने सुविधा भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्ने देखिएको समेत प्रवक्ता डा. सेढाइको भनाई छ। उनका अनुसार यस शल्यक्रियाबाट अन्य ट्रान्सजेन्डरहरु लाभान्वित हुनेछन् ।

यसअघि ट्रान्सजेन्डरहरु लिंग परिवर्तनको लागि महंगो खर्चमा विभिन्न देश जाने गरेका थिए । अब भने ट्रान्सजेन्डरहरुले सस्तो र सहुलियत खर्चमा स्वदेशमै स्तरीय सेवा लिने अस्पताल परिवारको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय