latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

२०७६ सालमा भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा पक्राउ परेका हुन् ।

झापाको अर्जुनधारा नगरपालिका–११ घर भएकी २१ वर्षीय ईशा योगी शेर्पाको विराटनगर महानगरपालिका–१६ मा भाडा बसेर पसलमा काम गर्ने क्रममा रेम्बो भन्ने रुद्र राज लामासँग प्रेम गाँसिएको थियो । तर, दुई जनाबिच विवाद भएपछि २०७६ वैशाख १ गते रुद्र राज लामाले ईशालाई घरमा बोलाएर परिवारसमेतको मिलेमतोमा उनको शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते बनाएका थिए।

ईशालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै काठमाडौँको कीर्तिपुरस्थित अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो। लामासहित उनको परिवारविरुद्ध २०७६ साल जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको भएको थियो । त्यसयता उनीहरू फरार रहेका थिए।

गोप्य सूचनाको आधारमा मोरङ प्रहरीको टोलीले रुद्र लामाका बुवा एसराज लामालाई २०८२ जेठ २४ गते पक्राउ गर्न सफल भएको थियो । सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार उनलाई मोरङ जिल्ला अदालतबाट जेठ २६ गतेबाट लागू हुने गरी ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय