
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अमरैयामा २५ वर्षीय एक युवाले आफ्नै बुबालाई कोदालो प्रहार गरी हत्या गरेका छन् । बुवाकाे उद्धारको लागि आएका छिमेकीलाई समेत उनले साेही काेदालेले हानेर मारे ।
२५ वर्षीय हेमराज थारुले शुक्रवार बिहान करिब १०ः३० बजे ५० वर्षीय बुबा जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारकाे हत्या गरेका हुन् । एउटै काेदालाेले हानेर दुवैकाे हत्या गरेकाे सो वडाका वडा सदस्य विकास क्षेत्रीले बताए ।
घटनास्थलमै दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।
‘म त घटनास्थल पुगेर पनि हेर्न सकिनँ । कोदालोले हानेर ढलाएर पछि काटेर टाउको अलग बनाएको छ,’ क्षेत्रीले सुनाए ।
घटनापछि इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले हेमराजलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले हत्या अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
प्रहरीले घटनास्थलमा कोदालो बरामद गरेको छ भने हत्या किन र कसरी भयो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान जारी रहेको जनाएको छ।
स्थानीय बासिन्दा घटनाबाट स्तब्ध छन् भने गाउँमा तनाव र त्रासको अवस्था छ। मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार हेमराजले केही समयअघि मानसिक समस्या भएकोले उपचार गराएपछि ठीक भएको थियो ।
चौधरीको छिमेकी समेत रहेकी सुनवल २ की वडा सदस्य लक्ष्मीकुमारी हरिजनले हेमराजले बुवासँग पटक पटक बिहे नगराएको भन्दै विवाद गर्दै आएकाे बताइन् । उनी मानसिक समस्यामा शुक्रवारको झगडाबारे प्रष्ट नभएको उनकाे भनाइ छ।
‘उनी अविवाहित थिए, बिहे नगराइदिएको भन्दै छाेराले गाली गरेको कुरा उनको बुवाले पहिले पनि सुनाएका थिए, आज त बिहानै यस्तो घटना सुन्नुपर्यो,’ उनले भनिन् ।- पुरा समाचार कमेन्टमा