latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

मंगोल नेशनल अर्गनाइजेशनका महत्वपूर्ण गायक पृथी मुखियाको लडेर मृत्यु भएको छ ।

हिजो दिउँसो २ बजे इलाम सूर्योदय नगरपालिका ९ पाण्डम बस्ने ५६ वर्षीय मुखिया पाण्डमबाट झिलतर्फ जाने क्रममा अचानक बाटोबाट लडेर अन्दाजी २० मिटर तल खसेका थिए । घाइते मुखियालाई स्थानीयले फेला पारी उपचारको लागि फिक्कल अस्पताल लगेका थिए ।

त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । छारे रोगका विरामी भएका मुखियाले मादक पदार्थ सेवन गरेको इलाम प्रहरीले जनाएको छ । मृतकको शव फिक्कल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय