
अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्कमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका हुन् । म्यानेसस पार्क प्रहरी विभागका अनुसार उनीहरूको मृत्यु गोली प्रहारबाट भएको देखिएको छ।
म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिलाई मृत अवस्थामा फेला परेकाे हाे ।
मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरू सबैको मृत्यु गोली लागेका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ।
सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ।
प्रहरीका अनुसार यो घटनाकाे अनुसन्धान भइरहेको छ।छिमेकीहरूले मृतक परिवार करिब छ महिनाअघि नेपालबाट त्यहाँ पुगेको जानकारी दिएका छन्। स्थानीय समय अनुसार बिहीबार राति १०:४० बजे लाने लेनको ९४०० ब्लकमा रहेको अपार्टमेन्टमा प्रहरी पुगेको थियो।
चारै जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मानासास पार्क प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। शुक्रबार बिहान चोपर४ को भिडियोमा रूखहरूले घेरिएको टाउनहाउस क्षेत्रमा प्रहरीका गाडीहरू देखिएका छन्। यो क्षेत्र सेन्टरभिल रोड (रुट २८) बाट करिब दुई माइल पूर्वमा पर्छ।
प्रहरीले चारै जनाको शव पोस्टमार्टमका लागि मानासासको मेडिकल परीक्षकको कार्यालयमा पठाएको छ। छिमेकीहरूले यो घटनाले आफूहरू स्तब्ध भएको बताएका छन्। एक छिमेकीले भने, ‘मेरी ८ वर्षीया छोरी हरेक दिन ती ८ वर्षीया बालिकासँग खेल्थिन् जसलाई गोली हानियो।’