latest
अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको विमानबारे ठूलो खुलासा  ||    बीए तेस्रो वर्षको वार्षिक परीक्षा दिदै बिरामी रचना  ||    २८ वर्षीय रविन संग १४ वर्षीय मञ्जुको प्रेम, दुई सय मिटरको फरकमा भेटियो दुबैको शव  ||    विराटनगरका मेयर कसरी पुगे युद्धग्रस्त इजरायलको बंकरमा ?  ||    भ्रष्ट्राचारविरुद्ध ३१ दिन खाली खुट्टा हिडेर प्रधानमन्त्री भेट्न काठमाडौं आएका बोहोराले भेट्न पाएनन ओली  ||    दिलभूषणले केहि गरि सुख पाएनन्  ||    ओलीविरुद्ध बोल्नेलाई एकएक गरि ठेगान लगाउदै सरकार, आज पक्राउ परे अर्का युटुबर  ||    नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले कुटे रास्वपाका दुई नेता  ||   
बुधबार , असार ४, २०८२

सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैतीपछिको धारिलो हतियारको प्रहार र गोली फायरिङका कारण एक जनाको मृत्यु भएको छ ।

सप्तरी प्रहरीका अनुसार आज राति १ बजे सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको घरमा अपरिचित समूह लुटपाट गर्न आएको थियो । सोही क्रममा धनमाल चोरी गर्न नदिँदा अपरिचित डाँका समूहले प्रहार गरेको धारिलो हतियार र गोली फायरिङ्गका कारण घरधनी चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन्। मृतकका चौधरीलार्इ बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन्।

सप्तरी प्रहरीका अनुसार डकैत समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

तर गोली लागेर हो वा धारिलो हतियारको प्रहारले चौधरीको मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म यकिन नभइसकेकोले घटनाको सूक्ष्म अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय