latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

विश्वभर पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारको मुद्दा लाग्नु र जेल हाल्नु सामान्य प्रचलन हो । उदाहरणको लागि सन् २०२५ फेब्रअरीमा मौरिससका प्रधानमन्त्री प्रविण कुमार जुगनाथ जेलमा पुगे । पाकिस्तानका पूर्वप्रधानमन्त्रीहरुको यो खालको सूची लामै छ ।

जसका पछिल्ला उदाहरण हुन् इमरान खान । सन् २०२४ मा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजक थुनिएका थिए । पछिल्ला वर्षहरुमा फिजी, कंगो, क्रोएसिया, स्लोभेनिया, अल्जेरिया लगायतका देशका प्रधानमन्त्रीहरु पनि भ्रष्टाचार मुद्दामा परेका छन् ।

नेपालमा लोकतान्त्रिक व्यवस्था हुँदा यस्ता मुद्दा परेका थिएनन् । राजाको शासन कालमा भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जेल परेका थिए । मेलम्चीको भ्रष्टाचारको मुद्दामा उनलाई जेल चलान गरिएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रको समयमा शेरबहादुर देउवालाई २०६२ साउन ११ गते दुई वर्ष जेल चलान गरिएको थियो । देउवासँगै जेल जानेमा अहिलेका उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि थिए । उनीहरु सात महिनापछि रिहा भएका थिए ।

राजतन्त्र पछिका सरकारहरुले विभिन्न प्रधानमन्त्री पदमा पुगेका अनुुसारहरुलाई भ्रष्टाचारको मुद्दाका आरोप लाएका थिए । जस्तो प्रचण्डलाई क्यान्टेनमेन्टको आरोप लगाउने एमाले र कांग्रेसका नेताहरु थिए । तर उनीहरुको सरकारमा त्यो मुद्दा प्रचण्डलाई लगाइएन ।

नेकपा सरकार हुँदा ओलीलाई यति र ओम्नी अनि खोपमा भ्रष्टाचारको दाग लगाउने माधव नेपाल, माओवादी र कांग्रेस थिए । तर यी तीनै पक्षको सरकार भए पनि मुद्दा दर्ता भएन । आज माधव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको भ्रष्टाचार मुद्दाले भने नयाँ रेकर्ड बनाएको छ ।

लोकतन्त्रमा भ्रष्टाचारको मुद्दा खेप्ने प्रथम प्रधानमन्त्रीको नाममा नेपाल आउने भएका छन् । उनको सदनबाट निलम्बन हुने मुद्दामा पनि रेकर्ड बनेको छ । अहिले २७५ सदस्य प्रतिनिधिसभामा ५ गयल छन् । चार निलम्बित अनुहारहरुमा एक पूर्वमन्त्री मोहनबहादुर बस्नेत, दुई पूर्वउपप्रधानमन्त्रीमा क्रमशः रवि लामिछाने अनि टोपबहादुर रायमाझी र माधव नेपाल पूर्वप्रधानमन्त्री छन् ।

यस अगाडि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा अख्तियारले लाउडा जहाज खरिद प्रकरणमा सचेत मात्रै गराएको थियो । ललिता निवास प्रकरणमा माधब नेपाल र बाबुराम भट्टराईको बयान सीआईबीले घरमै गएर लिएको थियो ।

नेपालका प्रधानमन्त्रीहरुमा माथवरसिंह थापा, भीमसेन थापा र रणेदिप सिंह कुर्सीमै हुँदा मारिएका उदाहरण छन् । पूर्व इतिहासमा हत्या भएका र शाही कालमा मुद्दा खेपेका उदाहरण थिए । तर लोकतन्त्रमा पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारको मुद्दा परेको भने माधव नेपाललाई नै पहिलो हो ।

यसअघि मन्त्रिपरिष्पादका निर्णयमा अख्तियारले मुद्दा लगाउन नपाइने आधारमा प्रधानमन्त्रीले उन्मुक्ति पाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय