latest
बालेन सिध्याउने ओलीको रणनीतिले महानगर लथालिङ्ग बन्दै  ||    रहेनन् डडेल्धुराबाट देउवाविरुद्ध चुनावमा उम्मेदवारी दिने बाजे  ||    मेयर पनि मुछिए अहिलेको चर्चित काण्डमा  ||    माधब कुमार नेपालको काण्डमा अर्का यी ठुला व्यक्ति पनि मुछिए  ||    सैनिक कल्याणकारी कोषको सवा २ करोड हिनामिना गर्ने सहायक रथीमाथि थप कारबाही गर्न सैनिक अदालत गठन  ||    यिनै हुन सप्तकोसीमा उद्धार अभ्यास गर्दा ज्यान गुमाएका सशस्त्र प्रहरी बलका जवान  ||    सशस्त्र प्रहरी जवान झापाका हरेदेवको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला  ||    घर लुट्न आएको डाँका समूहको धारिलो हतियार र गोली फायरिङमा एक जनाको मृत्यु, एक घाइते  ||   
शुक्रबार , जेठ २४, २०८२

भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड संक्रमण पुष्टि भएको छ। कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो। उनले भने, “भारतको विभिन्न शहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ। कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ।”

कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। उनले भने, “कोभिड पुष्टि भएका तीनैजनाको स्याम्पल काठमाडौँ पठाएका छौंँ। काठमाडौँमा पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ।”

भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को संक्रमण देखा परिरहेकाले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड संक्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय