latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ सल्लेका सन्तोष कुमार तामाङ्गको साउदी अरबमा सवारी दुर्घटनामापरी मृत्यु भएको छ । यहि जेठ १८ गते सवारी चालक रहेका तामाङ्गको दुर्घटनामापरी ज्यान गएको उनको परिवारीक श्रोतले जानकारी दिएको छ ।

३४ वर्षिय तामाङ्ग रोजगारीको शिलशिलामा विगत ३ महिनादेखी साउदीमा सवारी चालकको रुपमा कार्यरत थिए । मृतक तामाङ्गका भाई तिर्थ तामाङ्गका अनुसार दाजुको शव नेपाल ल्याउन पहल भैरहेको छ । तर उनि कार्यरत कम्पनी खराब भएको कारण शव ल्याउन समस्या भएको हो ।

९ महिना अघि आमाको मृत्यु भएको भन्दै तामाङ्गले अहिले अचानक दाईको मृत्युले परिवार शोकमा डुबेको बताउनुभयो । उहाँले भन्नुभयो,“आमा हामीलाई छोडेर जानुभयो,उहाँको उपचारका लागि हामीले ५० लाखभन्दा बढी खर्च गर्यौं,ऋण लियौँ ,घर,गहना सबै बेच्यौं, तर पनि बचाउन सकिएन । त्यो पीडा अझै मनमा थियो,अहिले फेरि त्यो नसुकेको घाउमा अर्को बज्रपात पर्यो ।”

मृतक तामाङ्गको ३ जना साना छोरीहरू छन । छोरीहरुले बाबाको काख खोजिरहेको तिर्थले भावुक हुँदै बताउनुभयो । ऋण र शोकमा डुबेका तामाङ्ग परिवारले आफुले सकेको सहयोग गरिदिन अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय