प्रहरीले ललितपुरको एक भिल्लाबाट विगत ५ महिनादेखि नेपाली ठग्दै आएको एउटा गिरोह पक्राउ गर्यो । सोहि गिरोहका मध्ये एकले भने -म सन् २०२२ को डिसेम्बरमा भिजिट भिसामार्फत दुबई गएको हुँ ।

त्यहाँ घुमघाम र काम गर्न पाइने बताएपछि दुबईकै साथीको सुझावअनुसार सामाखुसीस्थित एक म्यानपावरमार्फत भिजिट भिसामा गएको थिएँ । त्यतिबेला टिकट र दलाललाई समेत गरी १ लाख ५० हजार रुपैयाँ तिरेको थिएँ । म्यानपावरले नक्कली बैंकिङ स्टेटमेन्ट, होटल बूकिङ र टु–वे टिकटको नक्कली कागजात बनाइदिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पासपोर्ट देखाएपछि ‘ओके’ भनेर पठाए । त्यहाँ पुगेपछि केही काम पाइएन । नेपालीहरूमार्फत नै एउटा आईटी कम्पनीमा सट्टेबाजी खेलाउन मान्छे मागेको रहेछ । म पनि त्यहाँ काम गर्न थालें ।

हामीलाई एउटा बंकरभित्र राखिन्थ्यो । त्यहाँ २२ देखि २५ जना हुन्थे । हामीहरूको काम नै सट्टेबाजीमार्फत आएको रकम भारतीय बैंकमा ट्रान्सफर गर्ने थियो । मासिक १५ सयदेखि २ हजार दिराम पाउँथ्यौं । नेपाली ७० देखि ८० हजार तलब पाउने भएपछि काम गरियो ।

काम गर्दै जाँदा भिसाको म्याद सकियो । दुबईमै बस्दा भिसाको म्याद थप्न मिल्दो रहेनछ । हामीलाई जोर्डन पठाइयो । अनि फर्काइयो । २ महिना म्याद थप भयो । हामीले सेभन ११ ब्याटल क्लबमार्फत अनलाइनमा सट्टेबाजी खेलाउँथ्यौं । कम्पनीले ‘तपाईंहरूलाई काठमाडौं सरुवा गर्छौं,’ भन्यो । गएको डिसेम्बरमा काठमाडौं पठायो । त्यतिबेला २० जना आएका थियौं ।

ललितपुरस्थित एउटा पूरै घर भाडामा लियौं– मासिक १ लाख २५ हजार तिर्ने सहमतिमा । घर भाडा लिँदा पनि बीचको एजेन्टले १५ हजार भ्याइदियो । काम राम्रै चलिरहेको थियो । घरमा मासिक ७० हजारसम्म पठाउँथेँ ।

हाम्रो ‘बोस’ भारतीय नै थिए । उनीहरूले कमान्ड दिन्थे । हामी खातामा आएको रकम तुरुन्तै भारतका विभिन्न बैंकमा रहेका खातामा ट्रान्सफर गर्थ्यौं । प्रहरीले मंगलबार पक्रियो । आज (मंगलबार ) नपक्रिएको भए अर्बौं रुपैयाँको कारोबार हुन्थ्यो ।

आज (मंगलबार ) सट्टेबाजी खेलाउनेका लागि ‘दशैं’ नै हो । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज फाइनल खेल छ । फाइनलमा रोयल च्यालेन्जर बैंग्लुरु भर्सेस पन्जाब किङ्सको खेल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय