latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

प्रहरीले अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमध्ये पाँच जना भारतीय नागरिक छन् । बाँकी सबै जना नेपाली नागरिक हुन् ।

पक्राउ पर्ने भारतीय नागरिकहरुमा ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र मोहितकुमार सिंह छन् ।

त्यसैगरी पक्राउ पर्ने नेपालीहरुमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्‍णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भन्ने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का र पूर्णबहादुर दर्लामी मगर छन् ।

विशेषगरी उनीहरूले आइपिएल, जस्ता विभिन्न खेलमा बेटिङमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

उनीहरू पछिल्लो पाँच महिनादेखि ललितपुरमा रहेर सट्टेबाजी खेलाइरहेको प्रहरीको भनाइ छ । यस अवधिमा झण्डै ८१ करोडको कारोबार देखिएको एसपी आचार्यले बताए ।

यही समूहले पहिले संयुत्तः अरब इमिरेट्स (युएई)मा पनि सट्टेबाजी खेलाउने गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय