latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरिएको घटनाको छानबिनका लागि जाँचबुझ समिति गठन गरेका छन् । नगर प्रहरी प्रमुख राजु पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बनमा राखेर उनले जाँचबुझ समिति बनाएका हुन् ।

गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् । यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।

समितिले प्रतिवेदन नदिएसम्म बढीमा ६ महिना निलम्बनमा राखिएको प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई दिएको पत्रमा उल्लेख छ । छानबिन समितिका सदस्यहरूको नाम गोप्य राखिएको छ ।

निलम्बनको पत्रमा भनिएको छ- २०८१ चैत २१ गते महानगरपालिका कार्यालयमा घटेको अवाञ्छित एवं गैरकानूनी हुलहुज्जत र हातपात युक्त घटना तपाईँको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको पाइएको र सो अभियोगमा तपाईँलाई ७ बुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टिकरण चित्तबुझ्दो र विश्वासयोग्य नभएको हुँदा सो घटना समबन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन महानगर प्रहरी ऐनको दफा २१ को उपदफा ४ बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु ।

अतः चाँचबुझको काममा प्रभाव नपरोस् भनेर जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना, कागजपत्र बुझ्ने बुझाउने सहजताको लागि ऐन दफा ३९ को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी तपाईलाई आजका मितिले लागु हुनेगरी आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश नगरेसम्म बढीमा ६ महिनासम्मको लागि निलम्बन गरेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय