
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गरिब जनताका लागि मानवीय काम गर्दै आइरहेका छन् ।
उनले गरिब, असहाय र अपाङ्ग जनताको सहारा बनेका सांसद शर्माले कयौँ बिरामीको निःशुल्क उपचार गरेका छन् ।
डा. शर्माले सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ निवासी पविता यादवको निधनमा देखाएको मानवीय संवेदनाको चौतर्फी चर्चा भइरहेको छ ।
हरिपुर्वा–५ की यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलिको अप्रेसन गरिएको थियो । अप्रेसनपछि उनको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई काठमाडौँस्थित काठमाडौं मेडिकल कलेजमा ल्याइएको थियो ।
उनको केएमसी अस्पतालमा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो । दुर्भाग्यवश, उनको केही दिनअघि निधन भयो । अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनका श्रीमान् अंगेश यादवले उपचार खर्च तिर्न नसक्दा आफ्नै श्रीमतीको शव अस्पतालबाट निकाल्न समेत असमर्थ भएका थिए ।
तर, डा. शर्माले उनको आर्थिक अवस्थालाई बुझेर उपचारमा लागेको १० लाख रुपैयाँ मिनाहा गरिदिए । सांसद शर्माले मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको पहलमा मृतक पविता यादवको शव उनका श्रीमानलाई बुझाएर अन्तिम संस्कारका लागि पठाउने व्यवस्था मिलाइ दिए ।
यो सहयोगले पीडित परिवार मात्र होइन, सम्पूर्ण सर्लाहीवासीलाई एक गहिरो भावनात्मक राहत दिएको छ । डा. शर्माको यो कदमको चौतर्फी चर्चा भइरहेको छ ।
सांसद शर्माको यो मानवीय सहयोगको मन्त्री राय पनि प्रशंसा गर्छन् । उनले सांसद शर्मालाई सर्लाहीवासीको तर्फबाट धन्यवाद समेत ज्ञापन गरे । ‘आज हामी सर्लाहीवासीका लागि डा. सुनिल शर्मा भगवान् सरह भएका छन् । यो दुःखद घडीमा गरिब र बेसहारा परिवारलाई उहाँले जुन अभिभावकत्व देखाउनुभयो, त्यसप्रति म व्यक्तिगत रूपमा र सर्लाहीको तर्फबाट कोटि–कोटि धन्यवाद ज्ञापन गर्दछु । हामी सदैव ऋणी रहनेछौँ’ उनले भने ।