शनिबार , फागुण ३०, २०८२

झापाको दमकमा श्रीमतीलाई विष खुवाएर ज्यान मार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नं. २ घर भई हाल दमक वडा नं. १ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलिपकुमार मरिक डोम रहेका छन्।



इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएअनुसार, गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेनु मरिकलाई खोकी लागेका बेला कफ सिरप भनेर विष सेवन गराई ज्यान मार्न खोजेका थिए।

रेनुले यसअघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको बयान दिएकी छिन्। उनीहरूका एक छोरा र एक छोरी रहेका छन्।

घटनापछि फरार रहेका डोमलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार कल्याणपुरबाट पक्राउ गरेको हो। उनलाई हिजो इलाका प्रहरी कार्यालय दमकमा ल्याई बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दामा डोममाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय