latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

सत्तारुढ नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीदेखि कार्यकर्तासम्म ‘म झोले हो’ अभियान चलिरहेका बेला पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले भने फरक मत राखेका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, महासचिव शंकर पोखरेलदेखि उपमहासचिव प्रदीप ज्ञवालीसम्मले सामाजिक सञ्जालमा ‘म झोले हो’ पोस्टरमा आफूलाई सजाइरहेका बेला पूर्वसञ्चारमन्त्री बाँस्कोटाले भने त्यस्तो तस्बिर नराखी आफू एमाले कार्यकर्ता भएको धारणा राखेका हुन्।

साथै उनले यसलाई अन्य कुनै कुराले प्रमाणित गरिरहन नपर्ने ज्यामितीय सिद्धान्तको उदाहरण पनि दिएका छन्।

उनले एक्स अकाउन्टमा लेखेका छन्, ‘ज्यामितिमा स्वयमसिद्ध तथ्य हुन्छन्, त्यसलाई प्रमाणित गर्न पर्दैन। जस्तो कि दुई विन्दुलाई सरल रेखाबाट मात्र जोड्न सकिन्छ। त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ। राजनीतिमा पनि त्यही हो अर्थात् म एमाले कार्यकर्ता हुँ। त्यहाँ मेरो विश्वासको मात्र हैन, समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय