latest
रामेछाप सल्लेका सन्तोषको साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल  ||    पोखरामा फेरी के हुदैछ यस्तो ? मुख्यमन्त्रीसम्मै पुग्यो कुरा  ||    आफ्नै छोरीको अश्लील भिडिओ फेसबुक स्टोरीमा राखेपछी…प्रहरीसामू दिए यस्तो बयान  ||    केहि गरि त्यो रात प्रहरी नपुगेको भए नेपालीको अरबौ स्वाहा हुने रहेछ  ||    हामी झोले हैनौ भन्दै एमाले कार्यकर्ताले नै दिए ओलीलाई काउन्टर  ||    गएरातिदेखि नै चल्न थाले सार्वजनिक यातायात  ||    भोलिदेखि सार्बजनिक यातायात चल्ने, यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता  ||    यो घर भित्र हुथ्यो यति ठुलो कारोबार, मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर….  ||   
बुधबार , जेठ २२, २०८२

मुम्बई- भारतका भन्सार अधिकारीहरूले थाइल्यान्डबाट फर्किंदै गरेका एक भारतीय नागरिकलाई मुम्बई विमानस्थलमा दर्जनौँ विषालु र दुर्लभ सरिसृपहरू तस्करी गर्दै ल्याएको अभियोगमा पक्राउ गरेका छन्।

आइतवार बिहान मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा ती यात्रुलाई चेकजाँचका क्रममा रोकेपछि उनीसँगको लगेजमा विषालु सर्प र अन्य सरिसृपहरू फेला परेको भन्सार विभागले जनाएको छ। पक्राउ परेका ती यात्रुको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

भन्सार अधिकारीहरूका अनुसार उनका साथबाट ४४ वटा इन्डोनेसियन पिट भाइपर, तीन वटा स्पाइडर-टेल्ड हर्न्ड भाइपर र पाँच वटा एसियन लीफ टर्टल बरामद गरिएको छ। यी सबै जीवहरू प्लास्टिकका क्रेटभित्र लगेजमा लुकाएर ल्याइएको थियो।

सरकारले भारतको वन्यजन्तु संरक्षण ऐन अन्तर्गत ती जन्तुहरूलाई नियन्त्रणमा लिएको छ। तीमध्ये अधिकांश प्रजातिहरू संकटापन्न सूचीमा पर्दछन् र तिनको व्यापार वा आयात निर्यात पूर्णत: निषेध छ। यस्ता जनावर ल्याउन पहिल्यै विशेष अनुमति आवश्यक पर्छ।

अहिले ती व्यक्ति प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय