latest
रामेछाप सल्लेका सन्तोषको साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल  ||    पोखरामा फेरी के हुदैछ यस्तो ? मुख्यमन्त्रीसम्मै पुग्यो कुरा  ||    आफ्नै छोरीको अश्लील भिडिओ फेसबुक स्टोरीमा राखेपछी…प्रहरीसामू दिए यस्तो बयान  ||    केहि गरि त्यो रात प्रहरी नपुगेको भए नेपालीको अरबौ स्वाहा हुने रहेछ  ||    हामी झोले हैनौ भन्दै एमाले कार्यकर्ताले नै दिए ओलीलाई काउन्टर  ||    गएरातिदेखि नै चल्न थाले सार्वजनिक यातायात  ||    भोलिदेखि सार्बजनिक यातायात चल्ने, यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता  ||    यो घर भित्र हुथ्यो यति ठुलो कारोबार, मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर….  ||   
बुधबार , जेठ २२, २०८२

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आन्दोलनमा रहेको प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र लचक बनेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा अहिले सडकमा राजावादी समूहले ‘प्रतिगामी कदम’ चालेको बताउँदै त्यसलाई ‘आन्दोलन’ नभन्ने निष्कर्ष तीन दलले निकालेका छन् ।

गृहमन्त्री लेखकको राजीनामाका सम्बन्धमा पनि कांग्रेस र एमालेले गरेको अनुरोधलाई माओवादीले विपक्षी दलको बैठकमा छलफल गरेर निष्कर्ष दिइने बताएको थियो ।

“तीन दलको बैठकमा सडकमा देखिएको तमाशालाई आन्दोलन नभन्ने निष्कर्ष निकालेका छौँ,” बैठकमा सहभागी एक नेताले भने, “प्रतिगामी कदम हो यो । गणतन्त्रकाविरुद्ध नियोजित षडयन्त्र देखिन थालेका छन् । यो संविधानको मौलिक पक्ष भनेकै गणतन्त्र हो । गणतन्त्र उल्टिन्छ भन्ने विश्वास गर्न पनि सकिन्न, यसमा सम्झौता पनि हुँदैन । त्यसैले सरकारले निस्तेज पार्नुपर्छ । सडकमा देखिएको प्रतिगामी कदमलाई निस्तेज पार्नुपर्छ भन्नेमा तीन दलकै एउटै स्वर छ ।”

बैठकमा अर्थतन्त्र कमजोर भएको मौका छोपेर पूर्वराजा खेल्न लागेको बताउँदै सरकारले राजतन्त्रका बेलाका भएको कष्टकर दिनको समीक्षा गरिएको ती नेताले बताए ।

“प्रतिगामी कदमलाई तिस्तेज पार्नुपर्छ भन्नेमा एकमत छौँ,” उनले भने, “अर्थतन्त्र कमजोर भएका बेला पूर्वाराजा खेल्न थाले । षडयन्त्र भइरहेका छन् । यसलाई हामी सबै मिलेर निस्तेज पार्नुपर्छ । सरकारले छुट दिनुहुँदैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय