
दिवंगत राजपरिवारका सदस्यको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरिएको छ।
पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूले दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन्।
दीप प्रज्वलनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, दीपकबहादुर सिंह, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, जगमान गुरुङलगायत राजसंस्था पक्षधर नेताहरू सहभागी भएका थिए।
साथै ठूलो संख्यामा सर्वसाधारणहरू पनि सहभागी थिए। उनीहरूले हिमानी र हृदयेन्द्र मन्दिर प्रवेश गर्ने क्रममा समर्थकले जयजयकार गरेका थिए।