latest
बीए तेस्रो वर्षको वार्षिक परीक्षा दिदै बिरामी रचना  ||    २८ वर्षीय रविन संग १४ वर्षीय मञ्जुको प्रेम, दुई सय मिटरको फरकमा भेटियो दुबैको शव  ||    विराटनगरका मेयर कसरी पुगे युद्धग्रस्त इजरायलको बंकरमा ?  ||    भ्रष्ट्राचारविरुद्ध ३१ दिन खाली खुट्टा हिडेर प्रधानमन्त्री भेट्न काठमाडौं आएका बोहोराले भेट्न पाएनन ओली  ||    दिलभूषणले केहि गरि सुख पाएनन्  ||    ओलीविरुद्ध बोल्नेलाई एकएक गरि ठेगान लगाउदै सरकार, आज पक्राउ परे अर्का युटुबर  ||    नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले कुटे रास्वपाका दुई नेता  ||    ज्यान मार्ने उद्योगमा पक्राउपुर्जी जारी हुदा पनि पक्राउ परेनन् काँग्रेस नेता  ||   
बुधबार , असार ४, २०८२

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुईभन्दा बढी सन्तान जन्माउनेहरुलाई ५ लाखको विमा र ५ लाख सुत्केरी भत्ता दिनुपर्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उनले देश रित्तिँदै गएको अवस्थामा यसो गरेर जनसंख्या बढाउनुपर्ने बताएका हुन् ।

उनले ५ लाख इन्सुरेन्स र ५ लाख सुत्केरी भत्ताको सुविधा लिएकाहरुलाई राहदानी नदिएर उनीहरुलाई देशमै बस्ने वातावरण बनाइनुपर्ने उनको माग छ । यो विषय आफूले प्रतिनिधिसभामा पनि उठाउने विचार गरेको नेता तामाङले बताए ।

उनले इन्सुरेन्स र सुत्केरी भत्ताको सुविधा लिएकालाई सरकारले कलेजमा समेत निःशुल्क पढ्न पाउने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

‘बुढापाका जति मरिसके । भएका युवाजति सबै विदेश गइसक्यो । मैले संसद्मा पनि उठाउने कुरा गरेको छु, आज पहिलोचोटी अर्थ समितिमा उठाएँ । अब दुईवटा भन्दा धेरै बच्चा जन्माउनलेलाई इन्सुरेन्स ५ लाख, पाँच लाख सुत्केरी भत्ता दिनुपर्छ ।

त्यो इन्सुरेन्स र सुत्केरी भत्ता दिएको व्यक्तिलाई पढाउँदाखेरी पनि कलेजमा छुट गराइदिनुपर्छ । त्यस्तो व्यक्तिलाई पासपोर्ट दिन हुँदैन । बाहिर नपठाउने । नभए यहाँ जनता सिद्दिसक्यो,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय