
मुस्ताङ — कोराला नाका घुम्न गएका पर्यटकलाई हात जोडेर स्वागत गर्दै सशस्त्र प्रहरी सिपाही सुनील श्रीषले दिएको चेतनामूलक सन्देशको भिडियो भाइरल बनेपछि उनलाई सशस्त्र प्रहरी बलले पुरस्कृत गरेको छ।
सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालको आदेशमा नगदसहित रेकर्डमा उल्लेख हुने गरी श्रीषलाई सम्मान गरिएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
भिडियोमा सुनील पर्यटकलाई उच्च हिमाली भूगोल, स्वास्थ्य सावधानी र सीमा नियमबारे सरल र प्रभावकारी ढंगमा जानकारी दिँदै देखिन्छन्।उनको शान्त, जिम्मेवार र आत्मीय संवादको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
तीन वर्षअघि भर्ती भएका सुनील अहिले नेचुङ बीओपीमा कार्यरत छन्। सशस्त्र प्रहरीको टोलीले कोराला नाका घुम्न आउने आन्तरिक पर्यटकलाई नियमित रूपमा यस्ता जानकारी दिँदै आएको छ।