दुईतिहाइको सरकार हुँदा पनि सुशासन र मन्त्रीको स्पिड भएन भन्ने गठबन्धनकै दलभित्र चर्चा हुने गरेकाे छ ।सरकारको कार्यशैलीको खुलेरै आलोचना गर्ने ल्याकत राख्ने कांग्रेसी नेताहरूले मन्त्रीको आलोचना गर्ने कुरा सामान्य नै भइहाल्यो ।

अब मन्त्रीहरू परिवर्तन गर्नुपर्छ भन्ने संस्थागत आवाज एमालेमा पनि उठ्न थालेको छ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रघुजी पन्त शिक्षा मन्त्रालयको कमान्ड सम्हाल्न पुगेका छन् । अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको बोली नै विधि र विधान बन्ने एमालेमा मन्त्री फेरबदलको विषय पनि उनै ओलीमा निर्भर रहन्छ ।

‘सरकार गठनको एक वर्षपछि मन्त्री हेरफेरको चर्चा चलेको छ । ।

तीनवटा ‘उ’ उद्योग, ऊर्जा र उड्डयन कमजोर नै भएको कांग्रेसका नेताहरू बताउँछन् । उद्योगमन्त्री दामोदर भण्डारी एमालेबाट मन्त्री भएका हुन् । सिमेन्ट उद्योगीले सिमेन्टको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्दा संसदीय समितिमा भनेका थिए, ‘मन्त्रीले उद्योगीको पक्ष नलिए कसको पक्ष लिन्छ ?’ उद्योगीबाट डेडिकेटेड उद्योगमा जोडिएको बिजुलीको महसुल विवादमा पनि उद्योगीको पक्षमा खुलेर लागेका थिए ।

ऊर्जामन्त्री दीपक खड्का सबैभन्दा बढी विवादमा आएका थिए । उनले विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणको सिरिज चलाएर हटाउन नेतृत्व लिए । प्राधिकरणको केन्द्रीय कार्यालयमा मन्त्रीका लागि छुट्टै कोठा नै रिजर्भ गरे । अहिले पनि लोडसेडिङ भएको विषयमा विदेशबाट फोन आएको, अनावश्यक हल्ला गरेको भनेर सार्वजनिक कुतर्क गरेर सामान्य विषयको प्रस्टीकरण दिइरहन परेको छ उनलाई । संसदमा नेपालमा लोडसेडिङको अन्त्य गरेको श्रेय भारतलाई दिनुपर्छ भनेर मामुली कर्मचारीसँग सिङ जुधाएर बसेका छन् मन्त्री खड्का । हाइड्रोको निर्माण ठेक्कामा पनि उनी विवादमा आएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि भने कांग्रेसभित्र सुरुवातदेखि नै एक तहका नेताहरू असन्तुष्ट हुँदै आएका थिए । हवाई क्षेत्रमा सुधार गर्न नसकेको, पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको भन्दै उनको आलोना हुने गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पनि सरुवा बढुवामा एक्लै अघि बढिरहेको आरोप लागेको छ । सकारात्मक काम नदेखिएकाले उनको आलोचना भएको छ ।

गृहमन्त्री रमेश लेखक कानुन बनाउन पारंगत तर परिचलानमा कमान्ड नभएको भनेर आलोचित छन् । भिजिट भिसा प्रकरणमा पार्टी नै बचाउमा आए पनि गत वर्षको असोजमा भएको बाढीपहिरोमा गह मन्त्रालयको कमजोरी छताछुल्ल भएको थियो ।

त्यस्तै, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ सार्वजनिक रूपमा ‘हाउडे’ सावित भएका छन् । उनले नेपालमा दर्ता नभए फेसबुक बन्द हुन्छ भनेर समयसीमा तोकेर बोलेका थिए । तर, त्यसमा केही काम भएको छैन । उनले धरातल नबुझेर बोलेको भनेर आलोचना भएको छ ।

त्यस्तै, मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्दा पनि थाहा नभएको भनेर जवाफ दिन्छन् तर पछि निर्णय सार्वजनिक गर्दा सोही कुरा भएको हुन्छ । गत वर्षको भदौमा उनले समायोजनमा तत्कालीन प्रहरी महानिरीक्षकले असहयोग गरेको आरोप लगाउँदै जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

गत मंसिरमा ओलीले मन्त्रीहरूलाई भनेका थिए, ‘अब पनि अल्याङटल्याङ गरेर हुँदैन, कार्यक्षमता नभएका मन्त्रीको समीक्षा हुन्छ ।’ उनले भनेको समीक्षा पनि वर्षदिन पुगेपछि हुने एमालेका नेताहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय