भारतका उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाका कारण अवस्था भयावह बन्दै गएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार वर्षा, बाढी र पहिरोका कारण २ दिनमा ३२ जनाको मृत्यु भइसकेको छ।

बाढी-पहिरोमा परी आसाममा १६, अरुणाचलमा ९, मिजोरममा ४ र मेघालयमा ३ जनाको मृत्यु भएको हो।

बाढी-पहिरोबाट आसामका १५ भन्दा बढी जिल्लाका ७८ हजारभन्दा बढी मानिसको बिचल्ली भएको छ।

मणिपुरमा बाढी र पहिरोका कारण ३ हजार ८०२ जना पीडित भएका छन्।

यस्तै त्रिपुरामा १३०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने ८८३ घरमा क्षति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय