latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

ललितपुरको इमाडोलमा शुक्रबार साँझ एउटा पाँचतले घरको छतबाट बाक्लो धुवाँ निस्कँदा छिमेकीहरू आत्तिए। आगलागी भएको आशंकामा उनीहरूले दमकलसमेत बोलाए। केहीबेरमै दमकल घटनास्थल पुग्यो। तर त्यहाँ आगो निभाउने खालको आपतकालीन अवस्था भने थिएन।

सामाजिक सञ्जालमा अहिले उक्त घटनाको भिडियो व्यापक रूपमा भाइरल बनेको छ। छतबाट धुवाँ र बेलाबेला देखिने आगोको लप्कोका कारण छिमेकीले लाई अत्तालिएको दृश्यसहित भिडिओमा ‘दमकलको पेट्रोल खर्च कसले तिर्छ?’ भन्ने टिप्पणीसमेत सुनिन्छ।

घटनाबारे ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाछेथुले छतमा कसैले आगो बालेको देखिएको पुष्टि गरे। ‘त्यहाँ पुग्दा आगो ताप्न होइन, सम्भवतः सेकुवा पोल्न बालिएको थियो। छिमेकीले देखेर आगो लाग्यो भनेर हतारहतार खबर गरेका रहेछन्।’

दमकल पुग्दा आपतकालीन अवस्था नदेखिएको र पानी पनि हाल्नु नपरेको उनको भनाई छ। उनका अनुसार त्यो ठाउँ महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको सिमानामा पर्ने भएकाले दुवैतर्फबाट दमकल र प्रहरी परिचालन गरिएको थियो।

‘उपत्यकामा अहिले त्यस्तो चिसो छैन कि आगो ताप्नै पर्ने होस्। आगो त सेकुवा बनाउनै बालिएको होला,’ हाछेथुले भने।

नगरप्रहरीले छतमा खुला आगो बाल्दा दुर्घटनाको जोखिम हुने भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय