
बचतकर्ताको २ अर्ब ५० करोड ठगेर फरार भएका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष एवं पूर्वसिइओ राजेन्द्रवीर राय ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार बनाएको थियो ।
रायलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले नै टिकट दिएका थिए ।
सल्यानबाट उम्मेदवार रहेका उनी नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालासँग भारी मतान्तर (२२ हजार ६ सय ६८) मतले पराजित भएका थिए ।
ज्वाला ३५ हजार ७ सय ७ मत ल्याएर विजयी हुँदा रायले १३ हजार ३९ मत ल्याएका थिए ।
ठगी गरी फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले शनिबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।
रायाले नक्कली ऋणी खडा गरेर दुई अर्ब ५० करोडभन्दा बढी रकम अपचलन गरेका थिए ।