
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पटक–पटक उपप्रधान तथा गृहमन्त्री भएको व्यक्तिलाई प्रहरीले अमानवीय व्यवहार गरेको बताएका छन् ।
प्रहरी नियन्त्रणबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले बर्बरतापूर्वक दमन गरेको बताए । उनले दमनले आफूहरुको आन्दोलन नरोकिने बताउँदै आन्दोलनको उचाइ थप बढ्ने बताए ।
“म अघि बढ्न खोज्दा र परिस्थितिलाई संम्यमित बनाउन खोज्दा एकजना प्रहरी जवानले घुँडामा बुटले हिर्काए,” थापाले भने, “म अघि बढ्न खोज्दा सम्बन्धित प्रहरीलाई खुट्टामा हान्यो भनेर भन्दा अरु प्रहरीले कठालो समातेर लडाए ।”
त्यसपछि हात र खुट्टामा समातेर प्रहरी परिसरमा पुर्याइएको बताए ।