राजावादीले आह्वान गरेको काठमाडौँ उपत्यका बन्द फिर्ता भएको छ । राजतन्त्र ब्यूझाउने भनेर बनाइएको संयुक्त जनआन्दोलन समितिको नाममा नवराज सुवेदीले उपत्यका बन्दको घोषणा गरेका थिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले सोमबार काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए।

तर प्रदर्शनको क्रममा हिरासतमा लिइएका सबै नेताहरू रिहा भइसकेकाले बन्द फिर्ता लिएको संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जानकारी दिएको छ।

राप्रपा अध्यक्षले आफूहरू कुनै पनि बन्द हड्तालको पक्षमा नरहेको बताउँदै आएका थिए ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आजका लागि आह्वान गरिएको उपत्यका बन्दमा सहभागी नहुने बताएका थिए ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार, प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दीपक सिंहलगायत सबै नेता तथा कार्यकर्ताहरू रिहा भइसकेका छन्।

राप्रपा सामान्यतया बन्द-हडतालजस्ता अलोकप्रिय कार्यक्रमको विपक्षमा रहँदै आएको उनले उल्लेख गरेका छन्।

आइतबारको प्रदर्शनमा सरकारको तर्फबाट भएको दमन र नेता-कार्यकर्ताहरूको पक्राउलाई लिएर उपत्यका बन्दको प्रसङ्ग उठे पनि, पक्राउ परेका सबै जना रिहा भइसकेकाले आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने लिङ्देनले स्पष्ट पारेका छन्।

यद्यपि, आन्दोलनका अन्य नियमित कार्यक्रमहरूमा भने पार्टीको सल्लाहअनुसार निर्णय भएपश्चात सक्रिय सहभागिता रहने अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय