latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

लामो समयदेखि क्यान्सरसँग लडिरहेका ‘नक्कली प्रचण्ड’का नामले चिनिने हास्य कलाकार घनश्याम गौतमलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोग गर्छु भनि धोका दिएको आरोप लागेको छ ।

गौतमको आधिकारिक फेसबुक पेजमार्फत उनकी श्रीमतीले सार्वजनिक गरेको स्टाटसमा सहयोग गर्छु भनेर प्रचण्डले आश्वासन दिएपनि सहयोग नगरेको उल्लेख गरिएको छ ।

फेसबुकमा लेखिएको छ, ‘क्यान्सर लागेर थलिएको मान्छेलाई झुठो आसा देखाएर वचन दिएर हिड्नु भयो । अलि कति पनि दया लागेन तपाईलाई ? वचन दिंदै गर्दा कहि कतै तपाईलाई आफ्नो छोराको याद आएन ? यस्तो अवस्थाको बिरामीसँग त झुठो वचन दिएर हिड्नेसँग के जनताले,तपाईंमाथि आशा र बिश्वास गर्न उचित हुन्छ ? अझै पनि वचन पूरा गर्न आह्वान गर्छु । क्यान्सर पिडित मेरो श्रीमानलाई दिएको वचन पूरा गर्नुस् । काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुर अस्पतालको बेडमा पिडाले छट्पटाई रहनु भएको छ ।’

डेढ वर्षदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित उनी अहिले क्यान्सरसँगै मिर्गौला र मानसिक समस्याबाट ग्रसित छन् । अस्पतालमै रहेकी श्रीमती युगज्योतिका अनुसार घनश्यामले मानसिक सन्तुलनसमेत गुमाएका छन् ।

‘प्रचण्ड’को नक्कल गरेर दर्शकलाई हँसाउने गौतमको यो हविगतले जोकोहीलाई रुवाउँछ । कुनै बेला उनी काठमाडौं भन्दा बाहिरी जिल्लामा हुने स्टेज शोमा व्यस्त भइरहन्थे । तर, स्टेज शो र कार्यक्रममा व्यस्त उनलाई २०८० असारमा समस्या देखियो । दिसा बस्दा रगत देखिएपछि पायल्स ठानेर आयुर्वेदिक उपचारतर्फ लागे । तर निको भएन । त्यसपछि केएमसी अस्पतालमै चेकजाँच गराउँदा ठूलो आन्द्रामा ट्युमर पत्ता लाग्यो । उक्त ट्युमर क्यान्सरमा परिणत भइसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय