latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

माओवादी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्षलाई प्रश्न सोधेको निहुँमा एक पत्रकारले कुटाइ खाएका छन् । माओवादी निकट वाईसीएलको कार्यक्रममा उनीमाथि कुटपिट भएको हो ।

प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेका थिए एनपीएल प्रेसका सञ्चालकसमेत रहेका पत्रकार सुरज सो कार्यक्रममा प्रचण्ड आउने क्रममा आफूले प्रश्न सोध्न खोजेको उनले बताए ।

‘उहाँ गाडीबाट झरेर हलभित्र पस्ने क्रममा मैले प्रश्न सोध्ने प्रयास गरेको थिएँ, तर प्रचण्डले फर्केर गाली गर्नुभयो’, उनले सुनाए, ‘यो प्रश्न सोध्ने टाइम हो ? भनेर प्रचण्डले गाली गरेरेलगत्ते वाइसीएलहरु ममाथि खनिए ।’

आफूलाई झ्यापझुप पारेर एउटा कोठाभित्र लगेर थुनेको सुरजको भनाइ छ ।

‘करिब २०-२५ जना तिघ्रे मुङ्ग्रे थिए, कोठाभित्र थुनेर मलाई कुटे’, उनी भन्छन्, ‘कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात्ति हाने । मेरो मोबाइल पनि खोसे ।’

आफूले अहिले पनि मोबाइल फिर्ता नपाएको उनी बताउँछन् । प्रचण्डलाई प्रश्न सोध्ने प्रयास गर्दा दुई दिनभित्र दुईजना कुटिएका छन् । हिजो मात्रै नुवाकोटको एक विद्यालयको कार्यक्रममा प्रचण्डलाई प्रश्न सोध्न खोजेका एक राजावादी युवकमाथि माओवादी कार्यकर्ताले हातपात गरेका थिए ।

उनले आफू त्यहाँबाट फुत्केर स्कुटर पार्किङसम्म गएकाेमा वाईसीएलका कार्यकर्ता पछ्याउँदै आएकाे बताए ।आफू स्कुटर लिएर नक्सालसम्म आएकाे र त्यहाँबाट एकजना साथीलाई सम्पर्क गरेर अस्पताल आएकाे सुरजकाे भनाइ छ । उनी उपचारका लागि केएमसी अस्पतालकाे इमर्जेन्सीमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय