latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफूहरू देश छाडेर नभाग्ने बताएकी छिन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि ‘हेलिकप्टरमा भाग्नका लागि तयारी रहनू’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको जवाफ दिंदै शाक्यले शरीररमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहेको बताइन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ। भागेर जान अरु कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौं, हामी भाग्दैनौं, कतै जाँदैनौं पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौं,’ उनले भनिन्।

आइतबार ‘मध्यपुरथिमिमा जेसुम’ लोकार्पण कार्यक्रममा बोल्ने क्रममा शाक्यले देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न पनि आग्रह गरिन्।

‘देशमा कही भएन भन्नेहरूले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरू अध्ययन गर्नस्, प्रजातन्त्र स्थापना पछि देशका कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो,’ उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय