सरकारले काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक ठाउँमा अनशन, धर्ना, घेराउ, जुलुस सभा लगायतका विरोधका कार्यक्रम गर्न नदिने भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त आदेश जारी गरेका हुन्।

सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएको बताउँदै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम भोलिदेखि २ महिनासम्मका लागि सरकारले निषेध गरेको आदेश जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय