राजावादीको प्रदर्शनमा कमल थापासहित केही राजावादीहरू पक्राउ परेका छन् । नारायणचौरमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले घिस्याएर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको हो । यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरे ।

थापासहित ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।

शान्ति सुरक्षा कायम गर्न नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । उनीहरूलाई छोड्ने कि हिरासतमै राख्नेबारे हालसम्म कुनै आदेश र योजना नरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय