latest
सोमबार , जेठ २०, २०८२

साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो ।

साहित्यकार प्रधुम्न जोशीले बिहान साढे ११ बजेतिर रसिकको निधनको खबर आफूले पाएको पुष्टि गरे ।

रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । लन्डनमा रहेकी उनकी छोरी भोलि नेपाल आइपुग्ने भएकाले शिक्षण अस्पतालको फ्रिजमा शव राखिने संगीतकार बुलु मुकारुङले बताए ।

भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनले नियमित किमोथेरापी गराउँदै आएका थिए ।

रसिक बहुआयमिक व्यक्ति थिए । उनका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ हरू कालजयी गीत हुन्  ।

‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् ।

उनी रत्न रेकर्डिङदेखि राष्ट्रिय नाचघरसम्मको महाप्रबन्धक भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय