latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सभापति शेरबहादुर देउवाभन्दा राम्रो प्रधानमनत्री चलाउने मान्छे भएको टिप्पणी गरेका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यस्ता दर्जनौँ मान्छे पार्टीमा भएको बताए।

‘अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ,’ थापाले भने, ‘म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ। मज्जाले सक्छ।’

उनले नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने समेत बताए। संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने थापाको भनाइ छ।

‘म लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्दै गर्दा हामी नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था दुई वटा पिल्लरहरु छ, यसैबाट अघि बढ्ने भन्नेकुरालाई खालि यो ट्याक्टिल कुरा मात्रै होइन, विश्वासका साथ मान्दै आएको राजनीतिक दल भयौँ,’ उनले भने, ‘यसबाट शिक्षित भएका मानिस भयौँ। हामी सँगसँगै एउटा निष्कर्षमा पुग्यौँ- नेपालको राजसंस्था, नेपाली काँग्रेस राजावादी भयो, तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन। नेपालको राजसंस्था राजतन्त्रवादी भयो। नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको राजसंस्थालाई न हिजो, न भोलि, कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनै सक्दैन। त्यसैले हाम्रो डिभेड संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा हुँदै हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय