latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

गत जेठ १२ गते रातको समयमा १०ः५० बजेतिर एक स्कुटरले पोखराको सभागृहचोक–सिर्जनाचोक सडकखण्डमा एक यौनिक अल्पसंख्यक व्यक्तिलाई ठक्कर दियो ।

ठक्करबाट कास्कीको मादी गाउँपालिका वडा नं. ५ सिक्लेस घर भएका ईच्छा क्षेत्री भनेर चिनाउने विष्णु बहादुर बुढाथोकी घाइते भए ।

तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई अस्पताल पठायो । तर, दुई दिनपछि जेठ १४ गते बुधबार उपचारकै क्रममा उनको निधन भयो ।

‘हिट एण्ड रन’ केसमा संलग्न स्कूटर चालक सोहि दिन पक्राउ परे । स्कुटर चालक हुन् काठमाण्डौ २६ बस्ने वर्ष ३३ को समिर राज महर्जन । उनलाई पोखरा ११ फूलबारीबाट प्र.३–०२–००७ प २०२९ नं. को स्कुटर सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कास्की जिल्ला अदालतबाट सवारी ज्यान सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय