latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

प्रतिनिधिसभा सदस्य निर्मला देवकोटाका श्रीमान् कुमार कोइरालाले विष सेवन गरेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

कोइराला विगत ८ दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत छन् । देवकोटा नेकपा (एमाले) को समानुपातिक तर्फकी प्रतिनिधिसभा सदस्य हुन् ।

देवकोटाका श्रीमान् कोइरालाको नारायणी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन् ।

विष सेवनका कारण उनको मिर्गौला पनि असर परेकोले पछिल्लो केही दिनदेखि अस्पतालमा उनको नियमित डायलिसिस पनि भइरहेको एक चिकित्सकले बताए । “पहिलादेखि नै उनको मिर्गौलामा समस्या थियो । विष सेवनका कारण थप समस्या भएको कारण उनलाई आइसियुमा राखेर नियमित डायलिसिस गर्दै उपचार गरिरहेका छौँ,” नाम नखुलाउने सर्तमा चिकित्सकले भने ।

स्रोतका अनुसार जेठ १० गते शनिवार घरायसी विवादका कारण कोइरालाले किटनाशक विषादी गरेको थिए । “उनले ओपी नाम गरेको किटनाशक विषादी सेवन गरेका थिए । धेरै मात्रामा सेवन गरेको कारण अस्पताल ल्याउँदा उनको अवस्था एकदमै गम्भीर थियो,” चिकित्सकले यात्रा डेलीलाई भने ।

कोइरालाले विष सेवन गरेको कारण हालसम्म खुल्न नसकेको पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए । “घटना भएको जानकारी पाएसँगै हामीले अनुसन्धान सुरु गरेका छौँ । विष सेवन गर्ने समय उनी एक्लै थिए । उनी अहिले बयान दिने अवस्थामा नरहेकोले कारण खुल्न सकेको छैन,” मिश्रले भने । यद्यपि, प्रहरी स्रोतका अनुसार प्रहरीले घरायसी विवादलाई विष सेवनको प्रमुख कारण मानेको छ ।

यस विषयमा बुझ्न प्रतिनिधिसभा सदस्य देवकोटालाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन् सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय