latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

अमेरिकाको सर्वोच्च अदालतले गरेको निर्णयका कारण त्यहाँ बसोबास गर्ने पाँच लाख भन्दा बढी आप्रवासीको वैधता सङ्कटमा परेको छ। यसअघिका राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागु भएको प्यारोल कार्यक्रम अन्तरत अमेरिका पुगेका आप्रवासीको वैधता सक्ने ट्रम्पको घोषणाले मान्यता पाएको छ।

आफ्नै देशमा आर्थिक र राजनीतिक यातना भोगेकालाई बाइडेनले अमेरिकामा बसोबास गर्नका लागि वैध व्यवस्था मिलाएका थिए। सो कार्यक्रम अन्तरगत क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिका पुगेका पाँच लाख ३० हजार निष्कासन हुने सम्भावना बढेको छ।

प्यारोल कार्यक्रमले अमेरिकामा बस्न र काम गर्नका लागि अर्को दुई वर्षका लागि अनुमति दिएको थियो। अमेरिकी सरकारले गम्भीर मानवीय कारण भन्दै सो अधिकार दिएको थियो।

यसअघि प्रशासनले सो कार्यक्रम स्थगित गर्ने निर्णयको विरुद्धमा सङ्घीय न्यायाधीशले उल्ट्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय