latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

ग्रान्डी सिटी अस्पताल र एन्जल फर्टिलिटी क्लिनिकमा पाठेघरको क्यान्सर भएकी एक महिलाले पाठेघर ननिकाली बच्चा जन्माउन सफल भएकी छन्। ग्रान्डी सिटीअस्पताल र एन्जल फर्टिलिटी क्लिनिकको संयुक्त प्रयासमा दुर्लभ मानिने उक्त केस नेपालमा नै पहिलोपटक गर्न सफल भएको डा सुरेश कायस्थले बताए।

महिलालाई के समस्या थियो?
महिनावारी गडबड हुने समस्या पहिलेदेखि नै भएकोले ती महिला नियमित रूपमा स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन्। धेरै औषधि उपचार पश्चात पनि नभएपछि एन्जल फर्टिलिटी सेन्टरले डा कायस्थलाई उक्त बिरामी रेफर गरिएको थियो। बिरामीलाई डा कायस्थसहित चार पाँच जनाको टिमले हेरेपश्चात मात्रै उनको सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो। सर्जरी अगाडि डा कायस्थको टिमले समस्या पहिचानका लागि हिस्टेरोस्कोपी अर्थात् दूरबिनबाट पाठेघर हेरेको थियो। त्यसरी हेर्दा महिलाको पाठेघरमा मासु पलाएको र क्यान्सर पनि भेटिएको थियो। पाठेघरमा बच्चा बस्ने स्थानमा नै क्यान्सर भएको निर्क्योल पश्चात उपचार प्रक्रिया अगाडि बढाइएको डा कायस्थ बताउँछन्।

यसअघि यस्तो केसमा पूर्णरूपमा पाठेघरै निकालेर मात्रै उपचार सम्भव भएको डा कायस्थको दाबी छ। बिरामीको बच्चा नै नभएको तथा पहिलो चरणको क्यान्सरमा औषधि उपचार गरेर पनि बच्चा पाउने स्थिति बनाउन सकिने अवस्था रहेकोले बिरामीको आँट र चिकित्सकको सहयोगले यो दुर्लभ सल्यक्रिया सम्पन्न भएको उनी बताउँछन्।

उपचारका क्रममा पाठेघर नफालिएको र बिरामीलाई हर्मन थेरापीमा राखिएको थियो। त्यतिबेला पाठेघरमा औषधि पनि राख्ने तथा खान पनि दिएको थियो। जसले रोगलाई नियन्त्रणमा लिन सजिलो भएको हो।

बिरामी डिस्चार्ज, आमा र बच्चा दुवै स्वस्थ
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा अस्पतालबाट डिस्चार्ज गरिसकेको उनी कायस्थ बताउँछन्। शल्यक्रिया पश्चात दुई दिनको अस्पताल बसाईपछि बिरामीलाई डिस्चार्ज गरिएको थियो। क्यान्सरको उपचार नभएकोले अझै पनि क्यान्सर भने फैलिन सक्ने सम्भावना रहेकोले निरन्तर चिकित्सकको परामर्शमा रहन डा कायस्थको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय