
अछाममा एक घरमा आगजनी गरिएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ६ स्थित नावली बाईगाउँ टोलमा लोकमान खत्रीले स्थानीय जगत बहादुर खत्रीको घरको छानोमा आगो लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घटना जेठ १४ गते राति करीब ९ः३० बजे भएको हो । आगलागीबाट घरको छानोमा राखिएको नल र पराल जली नष्ट हुनुका साथै छानो पूर्ण रूपमा क्षति भएको जनाएको छ ।
घटनापछि फरार रहेका लोकमान खत्रीलाई प्रहरीले खोजतलास गरी घटनास्थलकै वडा नं. ६ स्थित निजको घरबाट पक्राउ गरेको छ ।
उनीमाथि आपराधिक उपद्रव (अपराधिक गतिविधि) गरेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।