गत बुधबार मात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ।

आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको र उनको अहिले आइसीयूमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेष्ठ १६ का दिन बिहान करिब ७:०० बजे पूर्वमन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको बताएको हो।

अस्पताल आएपछि उनको शारीरिक रगत तथा एम.आर.आइ जाँच पश्चात उनलाई मस्तिष्कघात (Acute ischemic Stroke) देखिएर तुरुन्तै tPA (Tissue Plasminogen Activator) औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ। तत्पश्चात उनको स्वास्थ्यमा क्रमिक सुधार आएको र हाल उनी अस्पतालको आइ.सि.यु विभागमा विषेशज्ञ स्नायु चिकित्सकको निगरानीमा उपचाररत रहेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ।

रौतहटमा भएको बम विस्फोट कसुरमा जिल्ला अदालतले जन्मकैदको फैसला गरिएका उनलाई उच्च अदालतले सफाइ दिएको थियो। आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय