latest
सोमबार , जेठ २०, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजीको सरुवा थमौती भएको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले सोही प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी नायव महानिरिक्षक(डीआईजी) हिमालय श्रेष्ठको सुरुवा गरेका थिए । तर त्यो निर्णयमा अख्तियारका पदाधिकारीहरुले आपत्ति जनाएपछि सरुवा रोकिएको हाे ।

शुक्रबार भर्खरै बढुवा भएका डीआईजी ओमबहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ । यसअघि रानालाई अख्तियारमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियाे ।

प्रहरीको मानवस्रोत विकास विभागले शुक्रबार दिउँसाे सार्वजनिक गरेको विज्ञप्ति अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरिक्षक(डीआईजी) हिमालय श्रेष्ठलाई त्यहाँबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको थियाे । रानीपोखरीमा कार्यरत अर्का डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएको कारण देखाई श्रेष्ठको सरुवा भएको थियो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, गत मंगलबार (१३ जेठ)को गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा भएको हो ।

अख्तियारमा कार्यरत निजामती वा कर्मचारीहरु सरुवा गर्दा अख्तियार प्रमुखको अनुमति लिने अभ्यास छ । अख्तियारकै प्रमुखको स्विकृतीमा मात्रै कुनै कर्मचारीलाई त्यहाँ पदस्थापन गरिन्छ भने प्रमुखकै अनुमतीमा मात्रै त्यहाँबाट अन्यत्र सरुवा गर्ने अभ्यास छ । तर मंगलबार डीआईजी श्रेष्ठका बारेमा निर्णय गर्दा गृहमन्त्री लेखकले अख्तियार प्रमुखसँग सरसल्लाह गरेका थिएनन् ।

त्यसपछि अनुसन्धानलाई प्रभावित पार्ने गरी महाशाखा प्रमुख नै सरुवा गरेपछि असन्तुष्टि बढेको थियो । असन्तुष्टिपछि निर्णय सच्याएर उनलाई फेरि अख्तियारकै जिम्मेवारीमा यथावत राखिएको हो । शुक्रबार नै प्रहरीले विज्ञप्ति जारी गर्दै अख्तियारका डीआईजी श्रेष्ठ अख्तियारकै दरबन्दीमा रहेको भनी विज्ञप्तिमा उल्लेख गरेको छ ।

facebook sharing button Share

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय