latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

आफूलाई नेपाली सेनाको मेजर भन्दै ट्याक्सी चालकलाई धाकधम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षीय रुद्रराज कार्की रहेका छन्।

उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए। न्यौपानेका अनुसार कार्की कौशलटारबाट बा.प्र.०१-००२ ज ६७३९ नम्बरको ट्याक्सी इन्ड्राइभ गरी चढेका थिए। भाडा मागेपछि भक्तपुर नगरपालिका-२ व्यासी बस्ने चालक मनोज न्यौपानेलाई कार्कीले धाकधम्की दिई भाडा तिरेनन्।

यसपछि पीडितले प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको न्यौपानेले बताए। यस्तै, शुक्रबार अपराह्न ४ बजे कौशलटारबाट नक्कली डिएसपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा बारियारपट्टी गाउँपालिका-५ घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका २७ वर्षीय काशिन्द्र कुमार ठाकुर रहेका छन्।

मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरीमा ठगीमा परेका पीडितहरूको पैसा उठाइदिने भन्दै उनले आफूलाई डिएसपी बताउने गरेका थिए। वृत्त ठिमी भक्तपुरबाट खटिएको टोलीले काशिन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय