latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

विभिन्न राजावादी समूहको प्रदर्शनलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दरबारमार्ग क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।

शनिबार रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शन तय गरेका राजावादीले निषेधित क्षेत्र प्रवेश गर्लान् भन्ने कुरालाई मध्यनजर गर्दै प्रहरीले विहानैबाट विशेष तैनाथी योजना बनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीले निषेधित क्षेत्रको सुरक्षाका लागि विशेष र अलग्गै योजना बनेको बताए । उनका अनुसार प्रदर्शनकारी त्यसतर्फ जान नपाउन् भन्नका लागि उच्च निगरानी गरिने छ ।

शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन कार्यक्रम निर्धारित गरी थोरै थोरैका दरले प्रदर्शकारी नयाँ बानेश्वरतर्फ छिरेको शैली शनिबार अपनाउने सम्भावनालाई प्रहरीले उच्च निगरानीमा राख्ने एसएसपी अधिकारीले बताए । ‘निषेधित तथा गैरकानुनी काम हुन दिइने छैन, त्यसका लागि सबै तयारी गरेका छौँ’, उनले भने ।

प्रहरीले शनिबार विहानैबाट दरबारमार्ग प्रवेश गर्ने चारै नाकामा निगरानी राख्ने भएको छ । तीनधारा पाठशाला, जय नेपाल मोड, केशरमहल चोक र कमलादी मोडलाई प्रहरीले निगरानीस्थल तय गरेको हो । यदि कुनै किसिमले दरबारमार्गमा उनीहरूको घुसपैठ भएका महेन्द्र शालिकमा पिकेट ड्युटी लगाएर नियन्त्रणमा लिइने भएको छ ।

दरबारमार्गस्थित प्रहरी बृत्तमा हाईपोइन्ट ड्युटी लाग्ने प्रहरीस्रोतले जनायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय