latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले अवरोध हिजोको लागि मात्रै रोकिएको भएपनि अब निरन्तर अघि बढ्न बताएका छन् ।

सभामुख देवराज घिमिरेले दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलका प्रमुख सचेतकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा अडान कायमै राखेका छन् ।

उनले भने, ‘देश, जनता र संविधानविरोधी गतिविधिलाई मध्यनजर गरेर हामीले हिजो अवरोध हटाएका हौँ । हाम्रो अडान कायमै छ । यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ । करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं भनेका छौँ । यो विषय सदनमा उठाउँछौँ । अब बाँकी काम सरकार हो ।’

उनले हिजो खुकुलो गर्‍यो भन्दैमा अबका दिनमा पनि त्यही नसोच्न सरकारलाई चेतावनी दिए ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि काम गर्न बाहिर गएका आम नागरिकहरूलाई दु:ख दिने, मानव तस्करसँगसम्म जोडिएको घटनामा सरकार गम्भीर भएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘उहाँहरूले केही भएको छैन भन्दै नियमित प्रक्रियाबाट जान खोज्दै हुनुहुन्छ । हामीले आफ्नो कुरा राखेका छौँ । हिजो जिम्मेवारीबोध गरेर छाडेका हौँ । रास्वपासहित सबै विपक्षी दल आन्दोलनमा छौँ । आन्दोलनको माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ ।’

उनले गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन आयोगको मागबाट आफूहरू पछि नहटेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय